माछा मार्न गएका एक युवा मृत फेला

बाजुरा- बाजुराको बुढीगङ्गा नदीमा एक जना मृत फेला परेका छन् ।

मृत फेला पर्नेमा जिल्लाको बडिमालिका नगरपालिका–२ का अन्दाजी २२ वर्षीय हिमाल महत रहेका छन् । मृतक गत सोमवार बिहान घरदेखि बुढीगङ्गा खोलामा माछा मार्न गएको बेला खोलाले बगाएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

Navadurga sun

सोमवार दिउँसो १२ बजेतिर महत माछा मार्न गएका थिए । बेलुका साँझसम्म घर नफर्किपछि उनको आफन्तले खोजी गरेका थिए । प्रहरी स्थानीयसँगै उनको खोजी गर्दा उनी बडिमालिका–६ को नुनेपानी अर्थात मृतकको घरदेखि झण्डै तीन किलोमटिर साँफे मार्तडी सडकखण्डको नुनेपानीस्थित बुढीगङ्गा नदीको किनारामा मंगलवार भेटिएको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी देवबहादुर चौधरीले बताए । 

ADD Khali jpg
ADD Khali jpg
Loading...