




बाजुरा- बाजुरामा दुई युवक चरेस र खैरो हेरोइनसहित पक्राउ परेका छन् ।






गए राति १० बजे बाजुराको बडिमालिका नगरपालिका–८ मार्तडी बजार नजिक प्रहरीले दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बडिमालिका–९ का २७ वर्षीय लक्ष्मण विक र कैलालीको गौरीगंगा नगरपालिका–१ चौमालाका ३१ वर्षीय दिपेन्द्र घर्ती मगर रहेका छन् ।






उनीहरूको साथबाट १० ग्राम चरेस र १०० मिलिग्राम खैरो हेरोइन बरामद भएको प्रहरीले जनाएको छ । दुवै जनालाई जिल्ला प्रहरी कार्यालय बाजुराबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ ।

