कञ्चनपुरमा ७५ फिट नेपाल आमाको मूर्ति बजेट अभावले अलपत्र

कञ्चनपुर- कञ्चनपुरको भीमदत्त नगरपालिका–८ चुरेफेदस्थित भम्केनी धाममा निर्माणाधीन ७५ फिट अग्लो नेपाल आमाको मूर्ति बजेट अभावका कारण अलपत्र परेको छ ।

Ganyapdhura gau

जगतगुरु मोहनशरण देवाचार्यले आठ वर्षअघि साविकका ७५ वटै जिल्लालाई प्रतिनिधित्व गर्ने गरी मूर्ति निर्माण सुरु गरेका थिए । उनले धर्मयात्रा गरी जनताबाट करिब २२ टन तामा, पित्तललगायत धातु र स्थानीयबाट थप ३ टन धातु सङ्कलन गरे पनि आवश्यक बजेट अभावमा काम रोकिएको हो ।

Navadurga sun
Dadhaldhura pur

मूर्ति निर्माणका लागि २०७४ सालमा रु. १० करोड ८१ लाखमा भ्याली कन्स्ट्रक्सनलाई ठेक्का दिइएको थियो । देवाचार्यका अनुसार प्रदेश सरकारका मुख्यमन्त्रीलगायत नेतासँग भेटेर ३ करोड रुपैयाँ बजेट विनियोजनको माग गरिएको भए पनि सरकारबाट सहयोग प्राप्त भएको छैन।

भम्केनी धाम ऐतिहासिक रूपमा महाभारतकालसँग सम्बन्धित पवित्र क्षेत्र मानिन्छ। मूर्ति निर्माणसँगै यहाँ धार्मिक पर्यटकको चहलपहल बढेको छ भने धाममा सुदूरपश्चिमका नौ वटै जिल्लालाई प्रतिनिधित्व गर्ने कुण्ड पनि निर्माण गरिएको छ।

स्थानीयले मूर्ति पूरा भएमा यसले राष्ट्र एकता, धार्मिक पर्यटन र सांस्कृतिक गौरवलाई बढावा दिने विश्वास व्यक्त गरेका छन्।

ADD Khali jpg
ADD Khali jpg
Loading...