पश्चिम सेती आयोजना अध्ययनका लागि बीज्ञहरुको टोली डोटी

डोटी, २ असोज– पश्चिम सेती जल विद्युत आयोजनाको विस्तृत अध्ययनका लागि बीज्ञसम्मिलित उच्चस्तरीय टोली शनिबारआयोजना स्थल पुगेको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्षले नेतृत्व गरेको टोलीमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिईओ) सुशिल भट्ट, अर्थ सचिव मधु मरासिनी, कानुन सचिव उदय सापकोटा, उर्जा मन्त्रालयका सहसचिव मधु भेटवाल, पूर्व उर्जा सचिव अनुप उपाध्याय लगायत १५ जना बीज्ञ रहेका छन् ।

दुई महिना अघि गठित अध्ययन समितिलाई ६ महिनाभित्र परियोजनाको ढाँचा, विकास र लगानीको ढाँचा लगायतका विषयमा विस्तृत अध्ययन प्रतिबेदन पेश गर्ने समयसीमा तोकिएको छ । अध्ययन समितिले दुई महिना देखि पश्चिम सेती जलविद्युत आयोजनाको विस्तृत अध्ययनका लागि काम गरिरहेको भएपनि बीज्ञहरुको उच्चस्तरीय टोली आयोजनास्थलमा पुगेको भने पहिलो पटक हो ।

Navadurga sun

लगानी बोर्डका सिईओ भट्टले बीज्ञहरुको टोलीले आयोजनास्थल, बाँध बाधिने क्षेत्र, पावर हाउस राखिने क्षेत्र, आयोजनाबाट प्रभावित हुने क्षेत्रको स्थलगत अध्ययन गरिरहेको बताए । अध्ययन समितिको प्रतिवेदनका आधारमा पश्चिम सेती जलविद्युत आयोजनाको ढाँचा र आयोजना निर्माणका लागि लगानीको खोजी गरिने लगानी बोर्डका सिईओ भट्टले बताए ।

नेपाल सरकारले ७५० मेगावाट क्षमताको पश्चिम सेती जलविद्युत आयोजना निर्माणका लागि शुरुमा अष्ट्रेलियन कम्पनी स्मेक र त्यसपछि चीनिया कम्पनी थ्रिग्रजेजसंग सम्झौता गरेको थियो । दुबै कम्पनीसंग सरकारले सम्झौता भंग गर्दै नयाँ ढाँचामा पश्चिम सेती जलविद्युत आयोजना सञ्चालन गर्ने तयारी स्वरुप अध्ययन समिति गठन गरेको हो ।

ADD Khali jpg
ADD Khali jpg
Loading...