अत्तरियामा सरसफाइ समस्या, फोहोर व्यवस्थापनमा चुनौती

लक्ष्मी भट्ट/अत्तरिया- कैलालीको गोदावरी नगरपालिकाको प्रमुख बजार क्षेत्र अत्तरिया अहिले सरसफाइको दृष्टिले सन्तोषजनक अवस्थामा छैन । विशेषगरी अत्तरियाको पूर्व सडक किनारमा रहेका व्यापारी तथा फुटपाथ पसलहरू वरिपरि फोहोरको समस्या देखिएको छ ।

Ganyapdhura gau
Dadhaldhura pur

फोहोर संकलन गर्ने गाडी मात्र भरपर्दो उपाय नभएकाले बजार क्षेत्रमा कुहिने र नकुहिने फोहोरका लागि छुट्टाछुट्टै डस्टबिनको व्यवस्था आवश्यक देखिन्छ । ठेला तथा सडक व्यापारीलाई फोहोर व्यवस्थापनसम्बन्धी सचेतना दिनुका साथै बसपार्क क्षेत्रमा पनि फोहोर व्यवस्थापन अनिवार्य भएको सरोकारवालाको भनाइ छ ।

Navadurga sun

नगरपालिकाले अत्तरिया बजारलाई प्लास्टिक निषेधित क्षेत्र घोषणा गरे पनि व्यवहारमा अझै प्लास्टिक प्रयोग भैरहेको पाइएको छ । बजार व्यवस्थापन समिति र नगरपालिकाले सरसफाइ बिगार्नेहरूलाई कारबाही गर्नु आवश्यक रहेको सुझाव समेत आएको छ ।

यसैबीच, गोदावरी नगरपालिकाले चौकीडाँडामा अत्याधुनिक फोहोरमैला व्यवस्थापन केन्द्र स्थापना गरी सञ्चालनमा ल्याएको छ। यसबाट अत्तरियाको सरसफाइ सुधार हुने अपेक्षा गरिएको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...