थारू समुदायले आज अटवारी पर्व मनाउँदै

थारू समुदायमा धार्मिक एवं सांस्कृतिक महत्वको अटवारी पर्व आज मनाइँदै छ । भदौ महिनाको कृष्ण अष्टमीपछिको शुक्लपक्षको पहिलो आइतबारका दिन थारू समुदायले दिदीबहिनीको अटल सौभाग्यको कामना गर्दै अटवारी पर्व मनाउँछन्।

यो पर्वमा दाजुभाइले दिदीबहिनीको दीर्घायुको कामना गर्दै पानी समेत नपिइ दिनभर व्रत बसी साँझ पुरुषद्वारा नै गुइँठाको आगोमा सल्लाको धूप बनाइ बालेर भीमको पूजा गर्ने प्रचलन रहेको छ ।

Navadurga sun

व्रतपछि गहुँको पीठोबाट बनेको खुर्मा, अनदीको चामलको बरिया, रोटी लगायत पकवान र फलफूल अग्नि देवतालाई अर्पण गरी दिदीबहिनीलाई एक भाग छुट्याई बाँकी भाग बर्तालुले खाने चलन रहेको छ ।

दिदीबहिनीले दाजुभाइलाई उपहार पनि दिने गर्छन् । अटवारीको दोस्रो दिन फुलौरी, केराउ, पटौला, ठच्चा लगायत पकवान र माछाको सिद्रा बर्तालुले ग्रहण गर्छन् । यो पर्व थारू समुदायको दशैंपछिको ठूलो पर्वका रूपमा रहेको मानिन्छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...