बडिमालिकाको विकासका लागि कार्यदल गठन हुने

धनगढी- सुदूरपश्चिम प्रदेशको प्रसिद्ध धार्मिक पर्यटकीय गन्तव्य बडिमालिकाको विकासका लागि कार्यदल गठन हुने भएको छ। बडिमालिकामा पूर्वाधार विकास तथा प्रवर्धन सम्बन्धी कार्ययोजना तयार गर्न कार्यदल गठन हुने भएको हो ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको प्रमुख आतिथ्यतामा मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा भएको बडिमालिका क्षेत्रको पर्यटन विकासका क्रियाकलापहरूको आगामी कार्यदिशा सम्बन्धी छलफलमा कार्यदल गठन गर्ने जानकारी दिइएको छ। 

Navadurga sun

बडिमालिकामा पूर्वाधार विकास तथा प्रवर्धन गर्न हालसम्म भएका कार्यको अध्ययन र समीक्षा गर्न आवश्यक रहेको मुख्यमन्त्री शाहले बताए । उनले बडिमालिकाको विकास एवम् प्रवर्धन लागि तत्काल र दिर्घकालमा गरिने कार्यहरूको कार्ययोजना तयार गर्न कार्यदल गठन हुने जानकारी दिए ।  

मुख्यमन्त्री शाहले यसअघि नै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयलाई बडिमालिका मन्दिर क्षेत्रमा प्राविधिक टोली खटाउन र आवश्यक संरचना निर्माणको थालनी गर्न निर्देशन दिई सकेका छन् । 

ADD Khali jpg
ADD Khali jpg
Loading...