भारतको मध्य प्रदेशका तीन सहरमा लकडाउन

एजेन्सी- भारतस्थित मध्य प्रदेशका तीन सहरमा लकडाउन लागू गरिएको छ । शुक्रबार मुख्यमन्त्री शिवराज सिंह चौहानले स्वास्थ्य अधिकारीहरुसँग छलफल गरेर लकडाउन गर्ने निणर्य गरेका हुन् । भारतीय सञ्चारमाध्यमहरुका अनुसार शनिबारदेखि भोपाल, इन्दौर र जबलपुरमा लागू हुनेछ । यी तीन सहरको विद्यालय, कलेज पनि मार्च ३१ सम्म बन्द रहनेछ ।

Dadeldhura hospital

‘राज्यमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । पुनः गम्भीर अवस्थाबाट गुज्रन नपरोस् भनेर लकडाउन लागू गरेको हुँ । सबैले कोरोना संक्रमणबाट बच्च अनिवार्य मास्क लगाइदिनुहोला र सामाजिक दूरी कायम गर्दिनुहोला,’ उनले भनेका छन् ।

godawari10 Mahila hinsa
Navadurga sun

उनकाअनुसार लकडाउन राति साढे १० बजेदेखि बिहान ६ बजेसम्म लागू हुनेछ । यस समय अतिआवश्यक क्षेत्र भने सञ्चालन गर्न दिइनेछ ।

Loading...