भोलि पल शाह सहित मोहर फिल्म टिम धनगढी आउदै

Dadeldhura hospital

धनगढी- चर्चित नेपाली फिल्म मोहरका मुख्य कलाकार पल शाह सहित सम्पूर्ण फिल्म टिम भोलि साउन २७ गते मङ्गलबार धनगढीस्थित एसटिएस सिनेमा हलमा उपस्थित हुने भएका छन् ।

Ganyapdhura gau

टिमले दिउँसो १२ बजे र २ः३० बजे दर्शकसँगै बसेर फिल्म हेर्नेछ र फिल्म प्रदर्शनपछि दर्शकहरूसँग प्रत्यक्ष संवाद गर्ने कार्यक्रम रहेको छ। दर्शकले कलाकारसँग प्रत्यक्ष भेटघाट गर्न पाउने भएकाले उक्त अवसरलाई स्मरणीय बनाउन सबैलाई हलमा उपस्थित रहन एसटीएस सिनेमाका म्यानेजर योगेन्द्र नायकले आग्रह गरेका छन्। फिल्म मोहर साउन २३ गतेबाट देशभरका हलहरुमा प्रदर्शनमा आएको थियो।

Couple
Loading...