कञ्चनपुरमा जङ्गली हात्तीको बथानले धानबालीमा क्षति पुर्‍यायो

कञ्चनपुर- कञ्चनपुरको बेदकोट नगरपालिका–१० चथरीमा जङ्गली हात्तीको बथानले शुक्रवार स्थानीय आठ किसानको दुई बिघा खेतमा लगाइएको धानवालीमा क्षति पुर्‍याएको छ ।

Dadeldhura hospital

वडाध्यक्ष रतन विष्टका अनुसार शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आएका हात्तीले धानबालीमा क्षति पुर्‍याएका हुन् । स्थानीय रमिला रानाको १० कठ्ठा, मिना रानाको १० कठ्ठा, सीतादेवी कठायतको पाँच कठ्ठा, पुरन चुनारा, रूपया चुनारा, सुर आग्रिर राम चुनाराको गरी १० कठ्ठा जग्गाको धानबालीमा नोक्सानी पुर्‍याएको उनको भनाइ छ ।

Navadurga sun
Godawari sandesh

यसबारे प्रहरीलाइ जानकारी गराइ सकिएको वडाध्यक्ष विष्टले बताए । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार अस्थायी प्रहरी पोष्ट दैजीबाट तीन जनाको प्रहरीको टोलीलाई हात्ती प्रभावित क्षेत्रमा पठाइएको छ ।

Loading...