

धनगढी- कैलालीमा २ लाख बढिका अवैध सामान बरामद गरिएको छ ।



जिल्लाको धनगढी उपमहानगरपालिका वडा नं. ३ मिलनचोक, भजनी नगरपालिका वडा नं. ७ हिक्मतपुर घाट, र टिकापुर नगरपालिका वडा नं. ८ भैयाबाडा स्थित मोहना नदी किनारबाट अबैध रूपमा भारतबाट भन्सार छलि गरी ल्याइएका सामग्रीहरू प्रहरीले नियन्त्रणमा लिएको छ ।


जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी कार्यालयहरूबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारेका सामग्रीहरूको अनुमानित मूल्य २ लाख ३१ हजार रहेको छ। बरामद गरिएका सामग्रीहरूमा चिनी, बिडी, सुर्ती, साडी, कुर्ता सुरवाल, धोती लगायतका वस्तुहरू रहेका छन् ।
प्रहरीले हाल उक्त वस्तुहरू नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कानूनी प्रक्रिया अगाडि बढाइरहेको जनाएको छ ।





