कारागारबाट रिहा भए दुर्गा प्रसाईं

काठमाडौँ- चैत १५ को हिंसात्मक प्रदर्शनका मुख्य अभियुक्त दुर्गा प्रसाईं धरौटी रकम बुझाएर रिहा भएका छन् । धरौटी रकम बुझाएर उनी डिल्लीबजार कारागारबाट केहीबेर अघि रिहा भएका हुन् ।

उच्च अदालत पाटनले उनलाई सोमबार बैंकिङ कसुर र गत चैत १५ को हिंसात्मक आन्दोलनसित जोडिएको मुद्दामा धरौटीमा छाड्न आदेश दिएको थियो । न्यायाधीशहरु टंकप्रसाद गुरुङ र डिल्लीरत्न श्रेष्ठको इजलासले जिल्ला अदालतको पुर्पक्षमा पठाउने यसअघिको आदेश उल्टाउँदै उनलाई धरौटीमा छाड्न गर्न आदेश दिएको हो।

Navadurga sun

उच्च अदालतकी सूचना अधिकारी पार्वती हितानले चैत १५ को घटनामा दर्ता भएको राज्यविरुद्धको कसुरमा उनलाई ३ लाख धरौटीमा छाड्न आदेश भएको बताइन् ।

गत चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनका क्रममा भएको आगजनी तथा तोडफोड पछि प्रसाईंलाई आपराधिक उपद्रव, संगठित अपराधमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो ।जिल्ला अदालतले उनलाई उक्त मुद्दामा पुर्पक्षका लागि थुनामा पठाएको थियो ।

उक्त आदेशविरुद्ध उनले उच्च अदालतमा निवेदन दिएका थिए । त्यस्तै, प्रसाईंलाई उच्च अदालतले बैंकिङ कसुरको बेग्लै मुद्दामा २५ लाख धरौटी वा बैंक जमानत दिए तारिखमा छाड्न आदेश दिएको छ । उच्च अदालतका न्यायाधीश सुदर्शनदेव भट्ट र मुनेन्द्रप्रसाद अवस्थीको इजलासले उक्त आदेश गरेको हो ।

गत जेठ ३० गते तीनकुने घटनामा काठमाडौं जिल्ला अदालतले थुनामा राख्न आदेश दिएका प्रसाईंसहित ७ जनालाई डिल्लीबजार कारागार चलान गरिएको थियो । तीनकुनेको प्रदर्शन हिंसात्मक हुँदा एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजक र कीर्तिपुर–४ का २९ वर्षीय सविन महर्जनको मृत्यु भएको थियो भने प्रहरीको गोली लागेर २० जना घाइते भएका थिए ।

ADD Khali jpg
ADD Khali jpg
Loading...