कञ्चनपुरमा लागूऔषधसहित एक युवक पक्राउ

Dadeldhura hospital

कञ्चनपुर- कञ्चनपुरमा लागूऔषधसहित एक युवक पक्राउ परेका छन् । भीमदत्त नगरपालिका–४ मदन चोकबाट भीमदत्त नगरपालिका–१० बस्ने २० वर्षीय नबिन धामी लागूऔषधसहित पक्राउ परेका हुन् । 

धामीलाई ७ दशमलव ४५ ग्राम लागूऔषध खैरो हेरोइनसहित जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले शुक्रवार नियन्त्रणमा लिएको छ ।

Loading...