एनएनटीए गोदावरी नगर समितिको चौथो विस्तारित बैठक तथा बधाई-सम्मान कार्यक्रम सम्पन्न

अत्तरिया- नेपाल राष्ट्रिय शिक्षक संगठन (एनएनटीए) गोदावरी नगर समितिको चौथो विस्तारित बैठक तथा बधाई तथा सम्मान कार्यक्रम बिहीबार अत्तरियाको प्रतिभा पुस्तकालयमा भव्य रूपमा सम्पन्न भएको छ ।

Navadurga sun

उक्त कार्यक्रममा हालै जिल्ला तथा राष्ट्रिय समितिमा निर्वाचित भएका शिक्षक नेताहरूलाई औपचारिक रूपमा बधाई तथा सम्मान प्रदान गरिएको थियो । कार्यक्रमको सभापतित्व एनएनटीए गोदावरी नगर समितिका अध्यक्ष भूपेन्द्र चन्द्रले गरेका थिए । प्रमुख अतिथिको रूपमा एनएनटीए राष्ट्रिय समिति सदस्य नेत्रानाथ तथा विशिष्ट अतिथिका रूपमा सदस्य चक्रबहादुर बिष्टको उपस्थिति रहेको थियो ।

कार्यक्रम सञ्चालन नगर सचिव तीर्थराज अवस्थीले गरेका थिए भने स्वागत मन्तव्य उपाध्यक्ष केशव ओझाले प्रस्तुत गरेका थिए।

कार्यक्रममा एनएनटीएले शिक्षक हित तथा बचत सहकारी संस्था स्थापना गरिसकेको र यसको प्रधान कार्यालय धनगढीमा रहेको जानकारी गराइएको थियो। साथै, अन्य जिल्लाहरूमा समेत यस्ता सहकारीहरूको विस्तार भइरहेको जानकारी वक्ताहरूले दिए।

प्रमुख अतिथि नेत्रानाथले एनएनटीए शिक्षकहरूको साझा आवाज भएको र संगठनले समयसमयमा आन्दोलनमार्फत महत्वपूर्ण उपलब्धिहरू हासिल गर्दै आएको बताइन्। उनले सबै शिक्षकले आफ्नो जिम्मेवारीप्रति सजग भएर संगठन सुदृढ पार्न योगदान दिनुपर्नेमा जोड दिइन्।

वक्ताहरूले हालैको २८ दिने आन्दोलनबाट शिक्षकहरूले अपेक्षाकृत उपलब्धि हासिल गर्न नसकेको र शिक्षा ऐनको कार्यान्वयनमा समेत ढिलाइ भइरहेकोप्रति चिन्ता व्यक्त गरे।

कार्यक्रममा एनएनटीएका विभिन्न तहका पदाधिकारी, शिक्षक तथा शुभेच्छुकहरूको सक्रिय सहभागिता रहेको थियो।

ADD Khali jpg
ADD Khali jpg
Loading...