खुकुरी प्रहारबाट युवक गम्भीर घाइते

कञ्चनपुर- कञ्चनपुरमा खुकुरी प्रहारबाट १६ वर्षीय युवक गम्भीर घाइते भएका छन । दुई जनाको समूहले खुकुरी प्रहार गर्दा जिल्लाको पुर्नवास नगरपालिका–५ स्थित ‘घ’ गाउँका आयुष बोहरा गम्भीर भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक सागर बोहराका अनुसार, बुधबार राति पुर्नवास नगरपालिका–५ स्थित ‘ग’ गाउँमा रहेको भानु युवा क्लबको खेल मैदानमा सामान्य विवादका क्रममा सोही ठाउँका १६ वर्षीय रोहित टमटा र २० वर्षीय पर्वत सुनारले बोहरामाथि खुकुरी प्रहार गरेका थिए ।

Navadurga sun

खुकुरी प्रहारबाट गम्भीर घाइते बोहराको पुर्नवास स्थित बिएन पोलिक्लिनिकमा सामान्य उपचार पछि थप उपचारका लागी कैलालीको धनगढी स्थित निर्सग अस्पतालमा लगिएको प्रनाउ बोहराले जानकारी दिए । घाइते किशोरको अवस्था मध्यम रहेको उनले बताए ।

कुटपिटमा संलग्न टमाटा र सुनारलाई नियन्त्रणमा लिएर आवश्यक कारबाही अगाडी बढाइएको प्रनाउ बोहराले बताए । पक्राउ परेका टमाटाको साथबाट खुकुरी समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...