

कञ्चनपुर- डोटीका एक युवक खैरो हेरोइन सहित कञ्चनपुरबाट पक्राउ परेका छन् ।



कञ्चनपुरको पुनर्वास नगरपालिका-११ डोकेबजार चेकप्वाईन्ट स्थित भारतबाट नेपाल तर्फ आउदै गरेको डोटीको दिपायल सिलगढी नगरपालिका३ बस्ने २२ वर्षीय राजकुमार बादी खैरो हेरोइनसहित पक्राउ परेका हुन् ।


बादीलाई चेकजाँच उनको साथबाट ६ ग्राम ७३० मिलिग्राम लागूऔषध खैरो हेरोइन फेला पारी उक्त पदार्थसहित उनलाई इलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती र प्रहरी चौकी परासन, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।