अत्तरियामा रहेको दुर्गा लक्ष्मी नमुना माविमा अभिभावक भेला भव्य रूपमा सम्पन्न

अतरिया- कैलालीको गोदावरी नगरपालिका–२, अतरियामा रहेको श्री दुर्गा लक्ष्मी नमुना माध्यमिक विद्यालयले आज शनिबार विद्यालय प्राङ्गणमा अभिभावक भेला भव्य तथा सभ्य रूपमा सम्पन्न भएको छ ।

भेलाको सभाध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश बहादुर शाहले गर्नु भएको थियो भने प्रमुख अतिथि वडा नं. २ का अध्यक्ष यज्ञबहादुर महरा रहनु भएको थियो । विशिष्ट अतिथि शिक्षक अभिभावक संघका अध्यक्ष तिलक बहादुर खनाल रहेका थिए । 

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

कार्यक्रमको सञ्चालन शिक्षक लिलाधर बास्कोटाले गरेका थिए भने स्वागत मन्तव्य सहायक प्रधानाध्यापक हरिप्रसाद ओझाले प्रस्तुत गरेका थिए । विद्यालयको वार्षिक प्रतिवेदन प्रधानाध्यापक ललन प्रसाद चौबेले प्रस्तुत गर्नु भएको थियो ।

भेलामा वक्ताहरूले विद्यालयको भौतिक पूर्वाधार उल्लेखनीय रूपमा सुधार भए पनि शैक्षिक नतिजा अझ सुधार गर्नुपर्नेमा जोड दिइएको थियो । विद्यालयमा छात्रावास र कक्षा कोठाहरूमा एसी जडानको आवश्यकता औँल्याउँदै, नवगठित व्यवस्थापन समितिलाई परिपक्व, सक्षम र समाजसेवी हुनु पर्ने सुझाव पनि राखियो ।

हाल विद्यालयमा २ हजार ५ सय १८ जना विद्यार्थी र ८४ जना शिक्षक तथा कर्मचारी कार्यरत रहेका छन् । साथै, भेला मार्फत विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघको नयाँ नेतृत्व चयन हुने कार्यको प्रारम्भ भएको छ ।

Loading...