कैलाली र कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद

धनगढी । कैलाली र कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद गरिएको छ। कैलालीको धनगढी उपमहानगरपालिका–१९ लल्लीपुर र टीकापुर नगरपालिका–९ बालुवाटार चोकबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य ५८ हजार ८६० बराबरको भन्सार छलीको सामान बरामद गरिएको छ।

Dadeldhura hospital

सुर्ती, सुपारी, मेहेन्दी, पानीपुरी, डटपेन, बोईलर कुखुरा लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ।

Navadurga sun
Godawari sandesh

यस्तै, कञ्चनपुरको भीमदत्त नगरपालिका-११ भुजेलाबाट अबैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य १ लाख १० हजार ६० बराबरको सामान बरामद गरिएको छ।

कञ्चनपुरबाट भन्सार छलीको बिभिन्न किसिमका कपडा, हाडवेयर, किराना लगायतका सामान इलाका प्रहरी कार्यालय गड्डाचौकी, कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ।

 

Loading...