बैतडीको दैनसिलीमा मध्यम वर्षा

काठमाडौँ । पछिल्लो तीन घण्टामा बैतडीको दैनसिली वर्षा मापन केन्द्रमा मध्यम वर्षा मापन भएको छ। सो क्षेत्र हुँदै बहने स–साना खोलाहरूमा आकस्मिक बहाव बढ्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागले जोखिमका कारण स्थानीयवासीलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

यसअघि विभागले सिन्धुपाल्चोकको गुम्थाङ, बाह्रबिसे, दोलखाको जिरी, बुस्टी, सिंगटी तथा सोलुखुम्बुको सल्लेरी, पेकारणस र आसपासका वर्षा मापन केन्द्रहरूमा मध्यम वर्षा मापन भएको जनाएको थियो ।

Navadurga sun

विभागका अनुसार आगामी घण्टाहरूमा ती क्षेत्रमा थप वर्षा हुने सम्भावना रहेकाले ती क्षेत्रहरुमा स–साना खोलाहरूमा आकस्मिक बहाव बढ्न सक्ने र भिरालो तथा कमजोर जमिनमा पहिरोको जोखिम रहेको बताएको थियो ।

ADD Khali jpg
ADD Khali jpg
Loading...