सञ्चालनमा आयो सुविधा सम्पन्न डायमण्ड जिम, एक हप्ता विशेष छुट

धनगढी- धनगढीमा सुविधासहितको जिम सञ्चालनमा आएको छ । धनगढी उपमहानगरपालिका–४, सहिद गेट नजिक डायमण्ड जिम सञ्चालनमा आएको हो ।

सुदूरपश्चिम प्रदेश खेलकुद् परिषद् सदस्य सचिव लोकबहादुर खड्का (रवि) ले एक औपचारिक कार्यक्रमका बिच जिम क्लवको उद्घाटन गर्नु भयो ।

Navadurga sun

सदस्य सचिव खड्काले जिम क्लवको उद्घाटन गर्दै युवाहरु नेपालमै बसेर व्यवसायमा होमीनु सकारात्मक रहेको बताउनु भयो। उहाँले लागुपदार्थ दुव्यशनमा लागेका र लाग्ने सक्ने युवाहरुलाई सोबाट टाढा राख्न सहयोग पुग्ने बताउनु भयो ।

युवाहरुलाई लागुपदार्थ दुव्यशनबाट टाढा राख्न जिम क्लवले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । मानिसलाई स्वस्थ्य रहन व्यायामको आवश्यकता चाहिने बताउँदै उहाँले आफ्नो तर्फबाट पूर्ण सहयोग रहने बताउनु भयो ।

क्लवका सञ्चालक गोविन्द के.सीले आफू सर्टिफाईड प्रशिक्षक भएकाले लागुपदार्थ दुव्यशनीमा फसेकालाई खेलमा व्यस्त बनाएर सुधार्ने प्रयास गर्ने बताउनुभयो ।

जिम क्लव भित्र जानुभन्दा अगाडी तपाईको गोल के छ त्यसका आधारमा हामीले तालिम दिने गर्दर्छौ के.सीले भन्नुभयो, ‘हामीले दिने विशेष सेवा भनेको गोल अनुशारको रिजल्ट हो ।’ जिम क्लवमा अहिले सम्म डेड करोडको लगानी भईसकेको र अगामी दिनहरुमा नयाँ योजनाहरुपनि थपिदै जाने उहाँले बताउनुभयो ।

डायमण्ड जिमले आजदेखि ७ दिनका लागि विशेष अफर ल्याएको छ । भर्ना शुल्क एक हजार छुट, ६ महिना जिम, कार्डियो ६ पटक स्यान्स एघार हजारमा, मासिक जिम कार्डियो २ पटक समूह सौना दुई हजार ५ सयमा, ३ महिना जिम, काडियो चार पटक साउना ६ हजार र लेडिज स्पेशल अफरमा ३ महिना जिम कार्डियो चार पटक, सौना पाँच हजार ५ सय र आजिवन सदस्यता एक लाख पाँच हजार शुल्क निर्धारण गरिएको छ । जिमका लागि अत्याधुनिक उपकरणहरु, सौना, क्याफे, व्यतिगत लकर रहेका छन् । उद्घाटन समारोहमा वडा नम्बर ४ का अध्यक्ष बुद्धि खड्का वडा नम्बर ३ का अध्यक्ष राजबहादुर ऐर लगायत विशिष्ट व्यक्तिहरुको उपस्थिती रहेको थियो ।

ADD Khali jpg
Loading...