कैलालीमा लागूऔषधसहित तीन जना पक्राउ

धनगढी । कैलालीमा लागूऔषधसहित तीन जना पक्राउ परेका छन्। जिल्लाको गोदावरी नगरपालिका-२ तेघरीबाट पैदल हिडिरहेको अवस्थामा सोही ठाउँ वस्ने ३५ वर्षीय तपेश खड्का र धनगढी उपमहानगरपालिका-५ बस्ने २६ वर्षीय दिक्पाल स्वार पक्राउ परेका हुन्।

Dadeldhura hospital

यी दुबै जनाको साथबाट ३६० ट्रामाडोल ९३६ (पत्ता) प्रतिवन्धित लागूऔषध फेला इलाका प्रहरी कार्यालय मालाखेती र लागूऔषध नियन्त्रण व्युरो शाखा धनगढीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।

Navadurga sun
Godawari sandesh

यस्तै धनगढी उपमहानगरपालिका-१८ फुलबारी गाँउ वस्ने २८ वर्षीय केदार बोहरा पक्राउ परेका छन्। बोहोराको शरिर तथा घर कोठा खान तलासी गर्दा उनको साथबाट ११ ग्राम ८६० मिलिग्राम लागूऔषध खैरो हेरोइनफेला पारी उक्त पदार्थसहित उनलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।

 

Loading...