दार्चुलामा घाँस काट्दा भिरबाट लडेर महिलाको मृत्यु

Dadeldhura hospital

दार्चुला । दार्चुलामा घाँस काट्ने क्रममा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ। शुक्रबार बिहान साढे ११ बजेतिर महाकाली नगरपालिका–५ ठड्याकाठा भिरबाट लडेर ३५ वर्षीया मानमती बडूको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

Ganyapdhura gau

प्रहरीका अनुसार उनी घर नजिकैको मेलामा घाँस काट्ने क्रममा चिप्लिएर करिब डेढ सय मिटर तल खसेकी थिइन्। हाल नेपाल प्रहरी र सशस्त्र प्रहरी घटनास्थलमा खटिई शवलाई जिल्ला अस्पतालमा पुर्‍याएको जनाएको छ।

 

Couple
Loading...