भारतबाट चोरी गरेर ल्याएका सुनका गहना र नगदसहित तीन जना पक्राउ

धनगढी- भारतबाट चोरी गरेर ल्याएको सुनका गहना र नगदसहित तीन जना पक्राउ परेका छन । कैलाली प्रहरीले भारतको बेग्लोरमा चोरी भएको सामानसहित तीन जनालाई पक्राउ गरेको हो ।

भारतीय नागरिक एस रमेश बाबुको घरबाट २०२५ मे २८ तारिखमा भएको चोरीमा नेपाली कामदारको संलग्नता पुष्टि भएपछि भारतीय प्रहरीले जिल्ला प्रहरी कार्यालय कैलालीसँग सम्पर्क गरेको थियो। अनुसन्धानको क्रममा चोरीमा संलग्न कालीकोट नरहरिनाथ गाउँपालिका–२ का ४६ वर्षीय उदय बिष्ट र ४५ वर्षीय भैरे बिष्टलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

Navadurga sun

उनीहरूसँगको बयानका आधारमा चोरी पश्चात् गरगहना बिक्री गरिएको कैलालीको लम्कीचुहा नगरपालिका–१ का ३० वर्षीय पदम सुनारलाई समेत पक्राउ गरिएको हो। कैलाली प्रहरीले स्थानीय जनप्रतिनिधिको रोहबरमा चोरी भएका सामग्रीहरू घरधनी एस रमेश बाबुलाई बुझाएको छ।

प्रहरीले नौ थान सुनका चुरो, चार सय ६४ ग्राम सुन, २३ टुक्रा अन्य सुन, २१० ग्राम सुन र चार सय ग्राम चाँदीका गहना बरामद गरेको हो। यस्तै, ४४ हजार एक सय २१ भारतीय मुद्रा र १२ लाख ९२ हजार तीन सय २० रुपैयाँ नेपाली तथा १३ हजार चार सय ६५ बराबरका विदेशी मुद्रासमेत उनीहरूको साथबाट बरामद गरिएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...