धनगढीबाट एक लाख ३९ हजारका सामान बरामद

धनगढी । धनगढीबाट एक लाख ३९ हजारका भन्सार छलीको सामान बरामद गरिएको छ। धनगढी उपमहानगरपालिका–३ मिलन चोक, शिसा पोष्ट, राष्ट्रिय वाणिज्य वैंक नजिक र धनगढी उपमहानगरपालिका–१३ राजपुर चोकबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य १ लाख ३९ हजार एक सय बराबरको सामान बरामद गरेको हो।

भन्सार छलीको चिनी, दाल, मिठाई, सरप, कुर्ती, सुटपिस, पर्दा, साडी, टप्स लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ।

 

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...