धनगढीबाट भन्सार छलीका सामान बरामद

Dadeldhura hospital

धनगढी । धनगढीबाट भन्सार छलीका सामान बरामद गरिएको छ। धनगढी उपमहानगरपालिका-३ स्वस्तिक अस्पताल नजिकबाट अबैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य ६१ हजार ५ सय बराबरको भन्सार छलीका सामान बरामद गरिएको हो।

भन्सार छलीको बिडी, सुर्ती, सुटपिस, कुर्ता सुरवाल, प्लाष्टिक झोला लगायतका सामान अस्थायी प्रहरी पोष्ट चटकपुर, कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।

 

Loading...