सुदूरपश्चिममा निरन्तर भारी वर्षा, नदी तटीय क्षेत्रमा हाई अलर्ट जारी

अत्तरिया- सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुर, डडेल्धुरा लगायतका जिल्लामा आइतवार बिहानदेखि निरन्तर भारी वर्षा भइरहेको छ । वर्षाका कारण तराई क्षेत्रमा डुबान र पहाडी क्षेत्रमा पहिरोको जोखिम बढेको छ।

जिल्ला प्रशासन कार्यालय कैलालीका प्रशासकीय अधिकृत शिवराज जोशीका अनुसार धनगढी र गोदावरी क्षेत्रमा भारी वर्षा भइरहेको । यसले मोहना नदीमा बाढीको जोखिम उच्च बनाएको छ।

Navadurga sun

हाल नदीको जलस्तर सतर्कता तह नाघेर बिहान ७ : ३० बजे ३.०६ मिटर पुगेको छ। जल तथा मौसम विज्ञान विभागले नदी किनार आसपासका बासिन्दालाई बेलुकासम्म सतर्क रहन आग्रह गरेको छ।

जोखिम क्षेत्रमा रहेका नागरिकलाई एसएमएसमार्फत सचेत गराइएको छ। मोहना नदीको जलस्तर अझै बढ्न सक्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरिएको छ।

मौसम पूर्वानुमान महाशाखाले देशभर मनसुनी वायुको प्रभाव रहेकाले आज पनि सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने जनाएको छ। साथै प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको उल्लेख छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...