सुदूरपश्चिममा स्थानीय सेवा सम्बन्धी विधेयक प्रदेश प्रमुखबाट प्रमाणीकरण

धनगढी- सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले सुदूरपश्चिम प्रदेश स्थानीय सेवा गठन, सञ्चालन तथा सेवाका सर्तसम्बन्धी विधेयक प्रमाणीकरण गरेका छन् ।

प्रदेशसभाबाट जेठ १९ गते पारित उक्त विधेयकलाई असार १२ गते प्रमाणीकरणका लागि प्रदेश प्रमुखको कार्यालयमा पठाइएको थियो । तीन दिनसम्मको अध्ययनपछि असार १५ गते प्रदेश प्रमुख मियाँले विधेयकमा हस्ताक्षर गरेका हुन् ।

Navadurga sun

प्रदेश प्रमुखका प्रमुख स्वकीय सचिव साबिर अलीका अनुसार, प्रमाणीकरणसँगै अब यो विधेयक राजपत्रमा प्रकाशन गरी कार्यान्वयनमा जानुपर्ने प्रक्रिया सुरु हुनेछ ।

यो विधेयक स्थानीय तहमा कर्मचारी व्यवस्थापन, सेवा प्रवाह र कार्यसम्पादनलाई स्पष्ट आधार दिने कानुनी दस्तावेजका रूपमा लिइएको छ। संघीयता कार्यान्वयनसँगै प्रदेश र स्थानीय तहमा कर्मचारी व्यवस्थापनसम्बन्धी कानुनी आधार नहुँदा प्रशासनिक अप्ठ्यारा देखिँदै आएका थिए।

लामो समयदेखि विचाराधीन रहेको यो विधेयक पारित भएसँगै अब प्रदेशभित्रका स्थानीय तहमा स्थायित्वपूर्ण कर्मचारी व्यवस्थापन प्रणाली निर्माणको अपेक्षा गरिएको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...