गोदावरी–१० मा सर्पदंश, आगलागी र लागू औषधविरुद्ध सचेतना कार्यक्रम सम्पन्न

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका–१० मा सर्पदंश, ग्यास चुलो प्रयोग, आगलागी नियन्त्रण तथा लागू औषध दुर्व्यसन सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरिएको छ ।

कार्यक्रम गोदावरी नगरपालिका वडा नम्बर १० को आर्थिक सहयोगमा, गौरीशंकर मिडिया प्राली, इलाका प्रहरी कार्यालय अत्तरिया तथा जानकी माध्यमिक विद्यालय सितापुरको संयुक्त सहकार्यमा आयोजना गरिएको हो ।

Navadurga sun

उक्त कार्यक्रममा गोदावरी नगरपालिका वडा नम्बर १० का अध्यक्ष रविन्द्र शाहीको सभाध्यक्षता रहेको कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका माननीय राज्यमन्त्री तथा प्रदेश सांसद प्रकाश बम प्रमुख अतिथि रहनु भएको थियो । 

कार्यक्रममा प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक (डिआइजी) डम्बर बहादुर विश्वकर्मा विशिष्ट अतिथिको रूपमा रहनु भएको थियो । त्यस्तै नगरकार्यपालिकाका सदस्य महादेव कामी, स्थानीय जनप्रतिनिधिहरू, शिक्षक, विद्यार्थी, अभिभावक तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

कार्यक्रमको उद्देश्य समुदायमा सर्पदंशबाट कसरी जोगिने, ग्यास चुलोको सुरक्षित प्रयोग, आगलागी नियन्त्रणका उपायहरू तथा लागू औषधको दुष्प्रभावबारे जनचेतना फैलाउनु रहेको आयोजक संस्थाले जानकारी दिएको छ । 

उक्त कार्यक्रमले स्थानीय बासिन्दाहरूमा आवश्यक सावधानी र सुरक्षाबारे व्यवहारिक जानकारी दिँदै दीर्घकालीन प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...