महाकालीमा पानीको बहाव एक लाख क्युसेक माथि पुग्यो

कञ्चनपुर । महाकाली नदीको शारदा ब्यारेजमा गरिएको मापनमा पानीको बहाव एक लाख क्युसेक माथि पुगेको छ । लगातारको वर्षापछि महाकाली नदीमा पानीको बहाव एक लाख १५ हजार क्युसेक पुगेको हो । पानीको बहाव बढेपछि शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारीसाधन आवतजावतमा रोक लगाइएको छ ।

लगातारको वर्षापछि महाकाली नदीमा पानीको सतह बढेपछि चारपाङ्ग्रे सवारीसाधनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिए । उनले पानीको वहाव बढेपछि शनिबार दिउँसो चारपाङ्ग्रे सवारी साधन आवागमनमा रोक लगाइएको बताए ।

Navadurga sun

“महाकालीमा पानीको बहाव एक लाख क्युसेक पुगेपछि आवागमनमा रोक लगाइन्छ”, उनले भने, “शनिबार महाकाली नदीमा पानीको बहाव एक लाख १५ हजार क्युसेक पुगेपछि चारपाङ्ग्रे सवारीसाधनमा रोक लगाइएको हो ।” उनले पानीको वहाव घटेपछि पुनः सवारी आवगमन सुचारु गरिएको बताए ।

आइतबार बिहान नेपाली समय अनुसार ६ः१५ मा गेट खुल्ने समय भएकाले पानीको वहाव मापनको रिपोर्ट नआएको उनले बताए । यही असार १६ गतेसम्म सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले सबैमा आग्रह गरेको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...