हरिश चन्द /डडेल्धुरा १४ असार- डडेल्धुरा जिल्लाको आलिताले गाँउपालिका वडा नं. ४ मा अहिले व्यावसायिक रुपमा ड्रागन फ्रुटको खेति गरिएको छ । आलिताल गाउँपालिका वडा नम्बर ४ स्थित जालखेतमा विगत केहि समयदेखि तरकारी खेती गर्दै आएका कर्ण बोहराले तीन वर्ष यता ड्राइगन खेतिमा व्यस्त छन ।




वैदेशिक रोजगारीबाट फर्केपछी मैले आफ्नो बाझो रहेको जमिनमा कृषिमा केही गर्न सक्छु भनेर मैले खेती सुरुमा दुई सय बिरुवा रोपेको थिए बिस्तारै बिस्तारै बोहराले माग अनुसार फर्ममा सोचेजस्तो उत्पादन गर्न नसके पनि थोरै लगानीबाट राम्रो आम्दानी गर्ने सकिने भएकाले यस ड्रगन फ्रुट खेतीतर्फ लाग्न अन्य युवा कृषकलाई समेत आग्रह गर्दै ड्रागन फ्रुट खेतिको बारेमा आफुले परामर्श समेत दिने बताएका छन ।







कलश कृषि पशुपन्छि फर्म दर्ता गरि कृषि ज्ञानकेन्द्र बाट ३ लाख ६२ हजार अनुदान पाएपछि १८ रोपनी क्षेत्रफलमा ड्रागन फ्रुट लगाएका हुन । उहाँले सोंचे जति राम्रो बजारीकरण नभएपनि ड्रगन फ्रुटबाट राम्रै आम्दानी भएको बताउँछन् । अहिले पर्शुराम नगर पालिका र आलिताल गाँउपालिकाका विभिन्न स्थानबाट ड्रागन फ्रुट लिन आउने गरेका छन् ।
आलितालमा ड्रागन फलको सम्भावना प्रचुर भए पछि कृषि ज्ञानकेन्द्रले फ्रुट बगैचा कार्यक्रम अन्तरगत ५ सय पोल सहित पहाडि जिलामा ठुलो र नमुना बगैचा उत्पादन गरेर यो जिल्ला वाट अर्को जिल्लामा पठाउने का साथै कृषि ज्ञान केन्द्रले यसमा चासो दिएको कृषि ज्ञान केन्द्रका प्रमुख नरेन्द्र पनेरुले जानकारी दिनु भयो ।
आम्दानी बढ्दै गएपछि उनले करिब १८ रोपनि जग्गामा ड्राईगन फलको खेती गरेका छन । यसको बजारमा मुल्य किलोको ५ सय देखि ६ सयसम्म बेच्ने गरेको छ ।




