राष्ट्रिय अपाङ्ग महासंघ सुदूरपश्चिम प्रदेश अधिवेशन सम्पन्न

धनगढी- अपाङ्गता भएका ब्यक्तिहरु साझा संस्था राष्ट्रिय अपाङ्ग महासंघ सुदूरपश्चिम प्रदेशकाे तेस्राे अधिवेसन सम्पन्न भएकाे छ । सामाजिक विकासमन्त्री मेखराज खड्काद्वारा कैलालीकाे धनगढीमा आज उद्‌घाटन अधिवेशनबाट नयाँ नेतृत्व सर्वसम्मतले चयन गरेको छ ।

Dadeldhura hospital

जसकाे अध्यक्षमा कृष्णप्रशाद धमला, उपाध्यक्षमा पिङ्की बाेगटी, सचिबमा नरदीप धामी, सहसचिवमा निर्मला बिष्ट र काेषाध्यक्षमा भबेन्द्र सिंह सर्वसम्मत चयन भएका छन् । यस्तै सदस्यहरूमा सरस्वती बिष्ट, खेमा सापकाेटा, हरीदत्त भट्ट, करन साउँद, छेन लामा र श्रीखण्डी उपाध्याय रहेको निर्वाचन समितले जनाएको छ । 

Navadurga sun
Godawari sandesh

 नव निर्वाचित पदाधिकारीलाई निर्वाचन समितिले प्रमाण पत्र वितरण गरेकाे छ भने आज नै नवनिर्वाचित पदाधिकारी बैठक बसेर अधिवेशन सम्पन्न र निर्वाचन सर्वसम्मत गराउन सहयोग गर्ने सबैलाई धन्यवाद दिएको सचिव नरदीप धामीले जानकारी दिए ।

Loading...