अत्तरिया-सिद्धहरीयाली सामुदायिक बन उपभोक्ता समितिले आज एक विशेष कार्यक्रमका बीच बाख्रा र ग्यास चुलो वितरण गरेको छ। उक्त कार्यक्रममा ३० बाख्रा र २४ वटा ग्यास चुलो वितरण गरिएको समितिका अध्यक्ष लाल बहादुर रावतको अध्यक्षतामा सम्पन्न भएको हो।






कार्यक्रमका प्रमुख अतिथि चुरे गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष प्रेम बहादुर साउद थिए। विशिष्ट अतिथिका रूपमा इलाका प्रहरी कार्यालयका प्रमुख दीपक बिष्ट, श्री भगवती माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष गणेश नाथ योगी तथा सहजपुर सब-डिभिजनका प्रतिनिधि लगायत अन्य पदाधिकारी, सामुदायिक बनका उपभोक्ता, पत्रकार, र सुरक्षाकर्मीहरूको उपस्थिति रहेको थियो।





कार्यक्रमको सञ्चालन नरेश नाथ योगीले गरेका थिए।




