

धनगढी । सुदूरपश्चिम प्रदेशस्तरीय यू-१९ महिला क्रिकेट १२ असारदेखि हुने भएको छ । प्रदेश खेलकुद परिषद्को आयोजनामा हुने प्रतियोगिताबारे बुधबार पत्रकार सम्मेलन गर्दै जानकारी दिइएको छ ।
परिषद्का सदस्य(सचिव लोकबहादुर खड्काले प्रतियोगितामा बाजुराबाहेक सुदूरपश्चिमका आठ जिल्लाको सहभागिता रहने जानकारी दिए । ञआठ टिमलाई दुई समूहमा राखेर टी-२० फर्म्याटमा प्रतियोगिता सञ्चालन गरिने छ,झ खड्काले भने, ञप्रतियोगिता धनगढीको फाप्ला मैदानमा सञ्चालन हुनेछ ।

समूह ञएझमा कैलाली, कञ्चनपुर, अछाम र बझाङ तथा समूह ञबीझमा डडेल्धुरा, बैतडी, डोटी र दार्चुला रहेका छन् । उद्घाटन खेल बुधबार कैलाली र कञ्चनपुरबीच हुनेछ ।
सदस्य(सचिव खड्काका अनुसार प्रतियोगिताको विजेताले नगद दुई लाख तथा उपविजेताले नगद एक लाखसहित ट्रफी तथा मेडल प्राप्त गर्नेछन् । प्रतियोगितामा तृतीय र चौथो स्थान प्राप्त गर्ने टिमले नगद ५०र५० हजार पुरस्कार पाउने छन् ।
प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई २५ हजार, उत्कृष्ट ब्याटर र बलरलाई १५र१५ हजार, उदीयमान खेलाडीलाई १० हजार र प्रत्येक खेलका म्यान अफ द वुमेनलाई दुई हजार नगद प्रदान गरिने खड्काले बताए । कार्यक्रममा ट्रफी पनि सार्वजनिक गरिएको छ ।