गौरीगंगा नगरपालिकाको बजेट १ अर्ब १ करोड बढी सार्वजनिक

अत्तरिया- कैलालीको गौरीगंगा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि १ अर्ब १ करोड ७६ लाख ३३ हजार रुपैयाँको बजेट सार्वजनिक गरिएको छ । मंगलबार नगरसभाको १८ औँ अधिवेशनमा उप प्रमुख भोजबहादुर बमले बजेट सार्वजनिक गरेका हुन् । 

उप प्रमुख बमले प्रस्तुत गरेको बजेटमा आयतर्फ संघीय समानीकरण अनुदान १५ करोड ९४ लाख, संघीय सर्शत अनुदान चालुतर्फ २३ करोड ३६ लाख र पुँजीगत १ करोड ४१ लाख रुपैयाँ प्रस्ताव गरिएको छ ।

godawari10 Mahila hinsa
Navadurga sun

त्यस्तैगरी संघीय समपूरक अनुदान पूँजीगत ७३ लाख, संघीय विशेष अनुदान पूँजीगत ४० लाख, प्रदेश समानीकरण अनुदान एक करोड ५० लाख ७१ हजार र प्रदेश सर्शत अनुदान चालु र पुँजिगत ८५ लाख, प्रदेश समपूरक अनुदान र पुँजिगत १ करोड ७ लाख रहेको उपप्रमुख बमले प्रस्तुत गरिएको बजेटमा उल्लेख गरिएको छ ।

Dadeldhura hospital

त्यस्तैगरी प्रदेश विशेष अनुदान पूँजीगत ७५ लाख, मूल्यअभिवृधिकर अन्तशुल्क १४ करोड ८६ लाख १९ हजार रुपैयाँ प्रस्ताव गरिएको छ । प्रस्तुत बजेटमा वन रोयल्टी १० लाख, घर जग्गा रजिष्ट्रेशन दस्तुर २ करोड ८० लाख रुपैयाँ, सवारी साधन कर ६३ लाख ४८ हजार रुपैयाँ प्रस्ताव गरिएको छ ।

त्यस्तैगरी विज्ञापन करमा ३ लाख, मनोरञ्जन करमा पनि ३ लाख, आन्तरिक राजस्व अन्तरगत ७ करोड ९ लाख ९५ हजार र सामाजिक सुरक्षा तथा संरक्षण कार्यक्रम अन्तरगत २७ करोड ८९ लाख उपप्रमुख बमले प्रस्तुत गरिएको बजेटमा प्रस्ताव गरिएको छ ।

यस्तै व्ययतर्फ संघीय सरकारबाट हस्तान्तरित सशर्त चालु कार्यक्रममा २३ करोड ६६ लाख विनियोजन गरिएको छ । संघीय सरकारबाट हस्तान्तरित सर्शत पूँजीगत कार्यक्रममा १ करोड ४१ लाख रुपैयाँ विनियोजन गरिएको छ । प्रस्तुत बजेटमा सामाजिक सुरक्षा तथा संरक्षण कार्यक्रममा १७ करोड ८९ लाख रुपैयाँ छुट्याएको छ । त्यस्तैगरी प्रशासनिक खर्च तर्फ १५ करोड ७१ लाख ४० हजार रुपैयाँ जनस्वास्थ्य प्रवर्द्धनमा १ करोड ६६ लाख, योजना तथा पूर्वाधार विकासमा ३ करोड ७८ लाख ४३ हजार विनियोजन गरिएको छ ।

प्रस्तुत बजेटमा नगरका ११ वडा कार्यालयका लागि ९ करोड २२ लाख, नगर समपूरक कोषमा ३ करोड, शिक्षा युवा तथा खेलकुद विकासमा ७ करोड १० लाख र विपद् व्यवस्थापनमा एक करोड रुपैयाँ विनियोजन गरिएको छ । नगरसभामा प्रस्तुत गरिएको बजेटमा शिक्षा, खेलकुद, विपद् व्यवस्थापन र पूर्वाधार विकास निर्माण कार्यलाई प्राथमिकता दिएको छ ।

त्यस्तैगरी कृषि तथा पशुपन्छी, स्थानीय कला संस्कृति भाषा तथा साहित्यको प्रवर्द्धनमा पनि नगरले विशेष प्राथमिकता राखेको छ । यस अघि मंगलबार नै नगर प्रमुख देवीदत्त कडेलले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । उनले प्रस्तुत गरेको नीति कार्यक्रममा सभाबाट सर्वसम्मत रुपमा पारित गरिएको थियो ।

Loading...