कञ्चनपुर- कञ्चनपुरको भीमदत्त नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि रु १ अर्ब ९३ करोड ८३ लाख २३ हजार ३१९ को बजेट सार्वजनिक गरेको छ । मंगलबार नगर सभाको १७औँ अधिवेशनबाट नीति, कार्यक्रम र बजेट पारित गर्दै नगर प्रमुख पदम बोगटीले आगामी वर्षको प्राथमिकतासहित बजेट प्रस्तुत गरेका हुन्।
नगरपालिकाले सामाजिक सुरक्षा, शिक्षा, पूर्वाधार, सशर्त अनुदान र पुँजीगत योजनामा बजेट केन्द्रीय गरेको छ । बजेटबाट सामाजिक सुरक्षामा सबैभन्दा ठूलो रकम रु ५७ करोड विनियोजन गरिएको छ भने वडागत योजना, सडक मर्मत, शहरी विकास र विषयगत शाखाका कार्यक्रमलाई पनि प्राथमिकतामा राखिएको छ ।

पूँजीगत वित्तिय समानीकरण वडागत पुँजितर्फ १२ करोड, ७ लाख, विषयगत शाखा तर्फ २० लाख, नगरस्तरीय पूँजीगत योजना ५ करोड, ८३ लाख, ८६ हजार, ६८१, सवारी साधन मर्मत ५३ लाख, ७३ हजार, ३१९, पूँजीगत तर्फ ५ करोड, ६४ लाख, सशर्त अनुदान खर्च ५४ करोड ९० लाख, विशेष अनुदान खर्च २ करोड ३८ लाख, समाजिक सुरक्षा ५७ करोड, सडक बोर्ड १ करोड, शहरी विकास आयोजना २० लाख, गरेर १ अर्ब ९३ करोड, ८३ लाख, २३ हजार ३१९ बराबरको बजेट हो ।
आन्तरिक आयतर्फ २४ करोड ९२ लाख, ३६ हजार, ६८१, वडा कार्यालय चालु तर्फ ६६ लाख, ५० हजार, विषयगत शाखा कार्यक्रम तर्फ २ करोड २० लाख, नगर विकास कोष तर्फ १ करोड, भारतीय दुतावास म्याचिङतर्फ २ करोड, नगर स्तरीय पूँजीगत १ करोड, २ लाख, १३ हजार ३ सय, सवारी साधन मर्मत ५४ लाख, विभिन्न कोष तर्फ २ करोड ६५ हजार विनियोजन गरिएको छ ।
