मुख्यमन्त्री शाहद्वारा विपद् व्यवस्थापनमा उच्च सतर्कता अपनाउन निर्देशन

धनगढी- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले वर्षाजन्य विपद्‌को सम्भावित जोखिमलाई मध्यनजर गर्दै सुरक्षाका निकाय प्रमुखहरू तथा सरोकारवाला निकायहरूलाई उच्च सतर्क रहन निर्देशन दिएका छन्।

मंगलबार धनगढीस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको “वर्षाजन्य विपद् पूर्वानुमान, तयारी र सहजीकरण” विषयक बैठकमा बोल्दै मुख्यमन्त्री शाहले वडास्तरमै जनप्रतिनिधिहरूसँग समन्वय गर्न, राहत तथा उद्धारका सामग्री तयारी अवस्थामा राख्न र साझेदार संघ–संस्थासँग सहकार्य गर्न निर्देशन दिएका हुन्।

Navadurga sun

बैठकमा कैलाली, कञ्चनपुर, डोटी र अछाम जिल्लाहरू वर्षा जन्य विपद्‌बाट बढी प्रभावित हुने प्रक्षेपण गरिएको छ भने जलवायु परिवर्तनका कारण अछाम र बाजुरामा सरदर तापक्रम वृद्धि हुने अनुमान गरिएको छ।

बैठकमा नेपाल रेडक्रस सोसाइटी, यूएनडीपी, र डब्लूएफपी का प्रतिनिधिहरूले यस आर्थिक वर्षमा परेको विपद्‌को प्रभाव, क्षति, गरिएका प्रयास र आगामी तयारीबारे जानकारी गराएका थिए।

बैठकमा आन्तरिक मामिला तथा कानून मन्त्री हिरा बहादुर सार्की, प्रदेश प्रमुख सचिव डा. कमल प्रसाद पोखरेल, कैलाली र कञ्चनपुरका प्रमुख जिल्ला अधिकारीहरू, प्रदेश प्रहरी प्रमुख नायव महानिरीक्षक डम्बर बहादुर विक, सशस्त्र प्रहरी, अनुसन्धान विभाग, नेपाल सेना, साथै विभिन्न साझेदार संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति थियो।

मुख्यमन्त्री शाहले अन्त्यमा सम्बोधन गर्दै भने, “विपद् आउनु अघि नै तयारीमा जुट्नु हाम्रो कर्तव्य हो। समयमै समन्वय र पूर्वतयारीले जनधनको क्षति न्यूनीकरण गर्न सकिन्छ।”

ADD Khali jpg
ADD Khali jpg
Loading...