धनगढीमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको ४६ औं स्थापना दिवस मनाइयो

धनगढी- नेपाल यातायात स्वतन्त्र मजदुर संगठन ट्यांकर इकाई कमिटी, धनगढीले आफ्नो ४६ औं स्थापना दिवसको अवसरमा विभिन्न सामाजिक कार्यक्रम आयोजना गरेको छ ।

धनगढीस्थित आयल निगम प्रादेशिक कार्यालय अगाडि आयोजित कार्यक्रममा २७ पिन्ट रगत संकलन गरिएको छ। साथै, १५० जनाले निःशुल्क स्वास्थ्य परीक्षण गराएका छन् ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

कार्यक्रममा ट्राफिक सचेतना अभियान समेत सञ्चालन गरिएको थियो। जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख, प्रहरी निरीक्षक चक्रबहादुर देउवाले चालकहरूलाई ट्राफिक नियमबारे जानकारी दिँदै, लेन अनुसार सवारी चलाउन तथा गति नियन्त्रण गर्न आग्रह गरे।

नेपाल ट्रेड युनियन (जिफन्ट) सुदूरपश्चिम प्रदेश अध्यक्ष जित बहादुर मल्लले मजदुरहरूको हकहितमा जिफन्टको निरन्तर योगदान रहेको उल्लेख गर्दै सबै मजदुरहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध हुन सुझाव दिए।

कार्यक्रममा अन्य विशिष्ट अतिथिहरू—नेपाल यातायात व्यवसायी महासंघ सुदूरपश्चिम संयोजक टेकराज जोशी, पेट्रोलियम डिलर्स एसोसिएशन कैलालीका अध्यक्ष मनिराम पाण्डे लगायतले शुभकामना मन्तव्य दिएका थिए। संगठनले सोमबार बिहान धनगढी बसपार्कमा समेत यस्ता कार्यक्रम गर्ने जनाएको छ।

Loading...