कैलालीमा एक लाख बढीका भन्सार छलीका सामान बरामद

धनगढी । कैलालीमा एक लाख बढीका भन्सार छलीका सामान बरामद गरिएको छ। जिल्लाको धनगढी उपमहानगरपालिका–१ चक्मेली पुज नजिक, धनगढी १२ पटरीघाट र कैलारी गाउँपालिका–५ गोबरेलाबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका करिब १लाख २७हजार ४९० मूल्य बराबरको भन्सार छलीको सामान शनिवार प्रहरीले बरामद गरेको हो।

उक्त मूल्य बराबरको चिनी, बिडी, सुर्ती, पेय पदार्थ, सिद्रा माछा लगायतका सामानहरू जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयहरूबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...