अत्तरियामा ११ औं अन्तर्राष्ट्रिय योग दिवस मनाइयो

अत्तरिया- कैलालीको अत्तरियामा ११ औं अन्तर्राष्ट्रिय योग दिवस विविध कार्यक्रमका साथ मनाइएको छ । कार्यक्रमको आयोजना पतञ्जली योग समिति तथा गोदावरी नगर समितिको संयोजनमा गरिएको हो ।

दिवसको अवसरमा अत्तरिया बजारमा योग सचेतना र्याली निकालिएको थियो। र्यालीमा पतञ्जली योग समितिका सदस्यहरू, सशस्त्र प्रहरी, नेपाल प्रहरी, विभिन्न विद्यालयका विद्यार्थी तथा स्थानीयवासीहरूको सक्रिय सहभागिता रहेको थियो।

Navadurga sun

नेपालमा विसं २०३६ माघ १ गतेदेखि सूर्य उत्तरायण लाग्ने दिनको अवसर पारेर योग दिवस मनाउन थालिएको थियो । नेपाल संस्कृत विश्वविद्यालयमा छ महिनाको योग तथा प्राकृतिक चिकित्साको अध्यापन हुँदै आएको छ । वैदिक कालमा हिमालयको काखमा ऋषिमुनिले अध्ययन अनुसन्धान गरी प्रतिपादन गरेको योग नेपालमै लुप्तप्रायः बनेको थियो । यही क्षेत्रबाट पुनर्जागरण गर्न दिवस घोषणा गरी जनचेतना जगाउने काम सुरु भएको हो ।

माघ १ गते मनाउने गरिएको विश्व योग दिवस २१ जुनमा मनाइएपछि नेपालका अभियानकर्मीहरुले माघ १ लाई राष्ट्रिय योग दिवस घोषणा गर्न शान्ति तथा पुनर्निर्माण मन्त्रालय मार्फत् मन्त्रिपरिषद्मा प्रस्ताव गरेका थिए । नेपाल सरकारले विसं २०७२ साउन २८ गते तत्कालीन शान्ति मन्त्री नरहरि आचार्यको प्रस्तावमा माघ १ गतेलाई राष्ट्रिय योग दिवस घोषणा गरेको थियो ।

योग र ध्यान साधनाका लागि उत्तरायण महत्वपूर्ण मानिने भएकाले उत्तरायण सुरु हुने पहिलो दिन मकर सङ्क्रान्ति अर्थात् माघ १ गतेलाई सरकारले राष्ट्रिय योग दिवस घोषणा गरेको हो । हाल नेपालमा माघ १ गते राष्टिय र जुन २१ का दिन अन्तर्राष्टिय योग दिवस मनाउने गरिन्छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...