बाजुराको बाम्का बजार आगलागीपीडितका लागि सहयोग रकम संकलन

काडमाडौँ । बाजुराको बुढीगंगा नगरपालिका– ६ को बाम्का बजारका आगलागीपीडितका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले झन्डै साढे तीन लाख रुपैयाँ संकलन गरेको छ।

Ganyapdhura gau
Dadeldhura hospital

मन्त्रालय र मातहतका निकायबाट पर्यटनमन्त्री बद्री पाण्डेको गृहजिल्ला बाजुराको बाम्बा बजारका आगलागीपीडितका लागि उक्त रकम संकलन गरिएको हो। पीडितका लागि तीन लाख पाँच हजार ७६५ रुपैयाँ संकलन गरिएको मन्त्री पाण्डेका प्रमुख स्वकीय सचिव तालबहादुर रावतले जानकारी दिए।

Navadurga sun
Godawari sandesh

उनले मन्त्रीको सचिवालय र विभिन्न विभागका कर्मचारीहरूबाट संकलन भएको उक्त रकम जिल्लामा गठन गरिएको राहत संकलन तथा व्यवस्था समितिको खातामा जम्मा गरिएको बताए। बम्का बजारमा जेठ २३ गते भएको आगलागीबाट ठुलो क्षति भएको थियो।

Couple
Loading...