खैरो हेरोइनसहित कञ्चनपुरबाट दुई जना पक्राउ

धनगढी । कञ्चनपुरबाट लागूऔषध व्युरोले सुदूरपश्चिमको टोलीले ठूलो परिमाणको लागूऔषध बरामद गरेको छ। जिल्लाको पुनर्वास नगरपालिका–६ स्थित सम्राट होटलबाट प्रहरीले ठूलो परिमाणको खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको हो। विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई शुक्रवार नियन्त्रणमा लिएको बताएको छ।

Dadeldhura hospital

दार्चुलाको महाकाली नगरपालिका–३ का ४२ वर्षीय नरसिंह महरा र पुनर्वास नगरपालिका–६, ङ गाउँका ५० वर्षीय दीपक बिसी पक्राउ परेका हुन्। सम्राट होटेलको कोठामा शंकास्पद रूपमा बसेका उनीहरूको साथमा चेकजाँच गर्दा महराको झोलाभित्र सेतो प्लास्टिकमा बेरिएको ५ वटा पोका फेला परेको थियो।

Navadurga sun
Godawari sandesh

बरामद पदार्थको शुद्ध तौल २७३।२६० ग्राम रहेको प्रहरीले बताएको छ। उनीहरूलाई लागुऔषध सम्बन्धी मुद्दामा थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीमा बुझाइएको छ।

 

Loading...