नगरसभाको लागी पार्टी प्यालेसको निःशुल्क सभा हल उपलब्ध गराउने ठकुल्ला सम्मानित

अत्तरिया- नगर सभाको १५ औं अधिवेशनको लागी पार्टनर पार्टी प्यालेसद्वारा निःशुल्क सभा हल प्रदान गरिएको हो । जुन गोदावरी नगरपालिका वडा नं २ स्थित तेघरिको पार्टनर पार्टी प्यालेस (राजधानी रिसोर्ट) मा आयोजना भइरहेको थियो ।

शुक्रबार आयोजना भइरहेको नगरपालिकाको १५ औं नगर सभाका बिच पार्टनर पार्टी प्यालेसका सञ्चालक भक्त बहादुर ठकुल्लाले उक्त हल निःशुल्क उपलब्ध गराएको घोषणा गरेका हुन् । सभामा सञ्चालक ठकुल्लालाई नगर प्रमुख विरेन्द्र भट्टले दोसल्ला ओढाएर सम्मान गरेका हुन् । प्यालेसको सभा हल प्रयोग गर्नु कुनै विलासिताको रोजाइ नभई व्यवहारिक आवश्यकता भएको मेयर भट्टले बताए ।

godawari10 Mahila hinsa
Navadurga sun
Dadeldhura hospital

नगरपालिकाका अनुसार, हालको प्रशासकीय भवनमा रहेको सभा हल सानो आकारको हुँदा नगरसभा जस्तो ठूलो सहभागिता रहने कार्यक्रममा सबैलाई अटाउने सुविधा उपलब्ध छैन । प्रत्येक नगरसभामा २ सय भन्दा बढी व्यक्तिको सहभागिता हुने भएकाले समुचित व्यवस्थाको लागि वैकल्पिक स्थलको प्रयोग गरिएको हो ।

सामाजिक संन्जालमा नगरपालिका “होटल भाडामा लिएको” भन्ने आशय दिइएको भए पनि यो पूर्णरूपमा भ्रामक र एकपक्षीय प्रस्तुति हो । न त होटल भाडा तिर्नुपरेको छ, न त सार्वजनिक स्रोतको दुरुपयोग गरिएको छ । बरु निजी क्षेत्रको स्वस्फूर्त सहयोगमा नगरसभा सम्पन्न भएको छ, जुन सार्वजनिक–निजी सहकार्यको सकारात्मक उदाहरण हो ।

महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख गरिएको प्रशासकीय भवनको उपयोग सन्दर्भमा नगरपालिकाले स्पष्ट पारेको छ कि भवनको माथिल्लो तलामा सभा हल बनाउन संरचनागत कठिनाइ रहेको छ ।

Loading...