गोदावरी नगरपालिकाको १ अर्ब १८ करोडको बजेट सार्वजनिक

अत्तरिया- गोदावरी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि १ अर्ब १८ करोड ५४ लाख ५६ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ।

शुक्रबार नगर सभाको १५ औं अधिवेशनमा नगर प्रमुख विरेन्द्र भट्टले बजेट प्रस्तुत गरेका हुन्। प्रस्तुत बजेट गत वर्षको तुलनामा झण्डै ४ करोड रुपैयाँले कम हो।

Navadurga sun

नगरपालिकाले आर्थिक विकास, सामाजिक विकास, पूर्वाधार निर्माण, वन–वातावरण संरक्षण, सुशासन र संस्थागत विकासलाई प्राथमिकतामा राख्दै बजेट विनियोजन गरेको छ ।

नगर उपप्रमुख शारदा देवी रोकाया अस्वस्थ भएकाले नगर प्रमुख भट्टले बजेट भाषण प्रस्तुत गरेका हुन् ।

ADD Khali jpg
ADD Khali jpg
Loading...