अत्तरिया- बिहीबार नै प्रमुखले “सुदूरपश्चिम प्रदेश दर्पण“ नामक स्मारिकाको विमोचन गरेका छन् । यो स्मारिका सुदूरपश्चिम प्रदेश प्रमुख कार्यालयद्वारा पहिलोपटक प्रकाशित गरिएको हो ।
विमोचन गर्दै उनले स्मारिकाले प्रदेशको सामाजिक, आर्थिक, भौतिक अवस्थाका साथै समृद्धिका सम्भावनाबारे महत्वपूर्ण सन्देश दिने विश्वास व्यक्त गरेका थिए । स्मारिकामा कार्यालयका विविध गतिविधि, कार्यक्रम तथा तस्बिरहरूको समावेश छ ।

कार्यक्रममा सचिव नवराज ढुंगानाले स्मारिका प्रकाशनको उद्देश्य र प्रक्रिया प्रस्तुत गरेका थिए । कार्यक्रममा उपसचिव शेखरकुमार रोकाया, प्रमुख स्वकीय सचिव साबिर अली, सूचना अधिकारी दीर्घराज भट्ट, शाखा अधिकृत गंगाराम सापकोटा, शम्शेरबहादुर रावल, पुजा रतौकीलगायत कर्मचारीको उपस्थिति रहेको थियो ।
सो अवसरमा गेटा मेडिकल कलेजबाट सरुवा भई आएका लेखा अधिकृत खडकबहादुर शाहीलाई विशेष स्वागत समेत गरिएको थियो ।
