अत्तरिया- कैलालीको गोदावरी नगरपालिका अत्तरिया चोकमा बन्ने भनिएको आकाशे पुल आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।
आज आयोजित १५ औं नगर अधिवेशनमा नगर प्रमुख विरेन्द्र भट्टले अत्तरिया चोकमा सुदूरपश्चिमकै पहिलो आकाशे पुल निर्माण आगामी आर्थिक वर्षमा सम्पन्न गर्ने लक्ष्य रहेको बताएका हुन् । उनले आगामि आर्थिक बर्ष भित्र सम्पन्न गर्ने लक्ष्य रहेको बताए । उक्त पुलका लागि केही दिनअघि माटो परीक्षण गरिएको थियो ।

