गोदावरी नगरपालिकामा प्रधानाध्यापकहरूको क्षमता अभिवृद्धि तालिम सुरु

अत्तरिया- गोदावरी नगरपालिकाभित्रका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूका लागि दुई दिने क्षमता अभिवृद्धि तालिम सुरु गरिएको छ । नगरपालिका र बी–टेक सर्भिस प्रालिको सहकार्यमा अत्तरियास्थित होटेल स्वागत ईनमा तालिम सञ्चालनमा आएको हो ।

Ganyapdhura gau

तालिम कार्यक्रम विद्यालयकी प्रधानाध्यापक पुष्पलता रावलको अध्यक्षतामा सुरु गरिएको हो । कार्यक्रममा गोदावरी नगरपालिकाका नगर प्रमुख विरेन्द्र भट्ट प्रमुख अतिथि रहनुभएको थियो ।

Navadurga sun
Godawari sandesh

Dadeldhura hospital

तालिममा वडा नं. १ का अध्यक्ष गोपालदत्त भट्ट, शिक्षा शाखा प्रमुख प्रयागराज जोशी, शिक्षा विज्ञ डा. डम्बर पाल, डा. संजीव हुमागाईं, डा. बलराम तिमिल्सेना तथा नगर क्षेत्रभित्रका ५६ वटै सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूको उपस्थिति रहेको थियो ।

प्रमुख अतिथि भट्टले नगरपालिकाले शिक्षामा गुणात्मक सुधार ल्याउन विभिन्न योजना कार्यान्वयन गरिरहेको जानकारी दिनुभयो। उहाँले विद्यालय र समाजबीचको समन्वय, ‘नगर शिक्षक कार्यान्वयन’, डिजिटल प्रविधिको प्रयोग, नगरपालिका स्तरीय परीक्षा लगायतका कार्यक्रमबारे जानकारी दिनुभयो ।

शिक्षा विज्ञ डा. डम्बर पालले हालको नगर नेतृत्वले शिक्षा क्षेत्रमा उल्लेखनीय काम गरेको भन्दै प्रशंसा गर्नुभयो। शिक्षा शाखा प्रमुख जोशीले तालिमबाट सिकिएको ज्ञान अरू शिक्षकहरूसँग बाँड्नुपर्नेमा जोड दिनुभयो ।

तालिमको पहिलो दिन डा. संजीव हुमागाईंले शैक्षिक नेतृत्व र व्यवस्थापनका सैद्धान्तिक पक्षमा प्रशिक्षण दिनुभयो भने डा. बलराम तिमिल्सेनाले पाठ योजना, मूल्यांकन विधि र शैक्षिक वातावरण निर्माणका पक्षमा प्रशिक्षण दिनुभयो ।

सहभागीहरूले तालिम उपयोगी, प्रेरणादायी र व्यावहारिक भएको भन्दै यस्ता कार्यक्रम निरन्तर हुनुपर्ने अपेक्षा व्यक्त गरेका छन् । कार्यक्रमको सञ्चालन शिक्षा पत्रकार टेकराज अवस्थीले गर्नुभएको थियो ।

Loading...