कैलालीको खानीडाँडामा प्रदेश स्तरीय खेलकुद पत्रकारिता तालिम सुरु

कैलाली- प्रदेश स्तरीय खेलकुद पत्रकारिता तालिम कैलालीको खानीडाँडामा सुरु भएको छ । खेलकुद क्षेत्रमा पत्रकारहरूको क्षमता विकास गर्ने उद्देश्यले २ दिने तालिम आज देखि सुरु गरेको आयोजक खेलकुद पत्रकार मञ्च कैलालीले जनाएको छ ।

खेलकुद मञ्च कैलालीको आयोजना र आन्तरिक मामिला तथा कानुन मन्त्रालय धनगढी, कैलालीको आयोजनामा खेल विधालाई पत्रकारितामा अगाडी वढाउन पत्रकारहरूको लागि तालिमको आयोजना गरिएको आयोजकले बताएका छन् ।

Navadurga sun

२०६७ सालमा स्थापना भएको खेलकुद पत्रकार मञ्चले विभिन्न समयमा खेल विधालाई पत्रकारिताका माध्यमबाट अगाडि बढाउँदै आएको आयोजकले जानकारी दिए । विश्वभरि जति महत्वपूर्ण खेल बन्दै गएको छ त्यसै अनुरुप खेलकुद पत्रकारिताको पनि महत्व बढेको समयमा पत्रकारहरुका लागि यो तालिम ज्यादै अर्थपुर्ण रहने आयोजकको दावी रहेको छ ।

उद्‌घाटन समारोहको अध्यक्षता खेलकुद मञ्च कैलालीका अध्यक्ष प्रदिप पाठकले गरेका थिए । त्यसैगरी तालिमको प्रमुख आतिथ्यतामा नेपाल पत्रकार महासङ्घका सचिव बैकुण्ठराज पराजुली रहनुभएको थियो ।

तालिमको उद्घाटन समारोहमा नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष श्रवण देउवा, नेपाल पत्रकार महासंघ बझाङ्गका अध्यक्ष ललित सिंह, बरिष्ठ पत्रकार दिपक उपाध्याय , खेलकुद पत्रकार मञ्चका पदाधिकारी र प्रशिक्षार्थी विभिन्न मिडियामा कार्यरत पत्रकारहरुको सहभागिता रहेको सचिव विराज रोस्याराले जानकारी दिए ।

ADD Khali jpg
Loading...