धनगढीमा 4th Post SEE Futsal प्रतियोगिता सुरु, ३२ टिमको सहभागिता

धनगढी- SEE परीक्षा दिएका विद्यार्थीहरूका लागि लक्षित गर्दै Crescent City School (CCS+2), धनगढीको आयोजनामा ‘4th Post SEE Futsal प्रतियोगिता’ को उद्‌घाटन समारोह सोमबार धनगढीमा सम्पन्न भएको छ ।

Ganyapdhura gau

धनगढीस्थित फ्ल्याटल्याण्ड फुटसल मैदानमा सुरु भएको प्रतियोगितामा कुल ३२ वटा टिमले सहभागिता जनाएका छन्। उद्घाटन खेलमा मिराकल एजुकेसन र हिमालयन एजुकेसनबीच प्रतिस्पर्धा भएको थियो, जहाँ दुवै टिमले रोमाञ्चक खेल प्रदर्शन गर्दै प्रतियोगिताको स्तर उच्च बनाएका थिए ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

कार्यक्रमको उद्घाटन गर्दै CCS+2 का अध्यक्ष हरि रेग्मीले भने, “SEE परीक्षा पछि विद्यार्थीहरूको खाली समयलाई सकारात्मक दिशामा लग्नु जरुरी हुन्छ । खेलकुद अनुशासन र नेतृत्व विकास गर्ने माध्यम हो। यस्तो प्रतियोगिता विद्यार्थीको प्रतिभा उजागर गर्ने उत्कृष्ट अवसर पनि हो ।”

उद्घाटन खेलपछि प्रतिक्रिया दिँदै मिराकल एजुकेसनका कप्तान अनिश कुँवरले प्रतियोगितामा सहभागी हुन पाएकोमा खुशी व्यक्त गर्दै भने, “हामी उपाधिको लक्ष्यसहित मैदानमा उत्रिएका छौं ।”
त्यस्तै, हिमालयन एजुकेसनका खेलाडी आकाश बिष्टले भने, “यसले हामी जस्ता नयाँ खेलाडीहरूलाई ठूलो हौसला दिन्छ, साथै साथीहरूबीचको एकता पनि बलियो बनाउँछ ।”

प्रतियोगिताका संयोजक सागर साउदका अनुसार चार दिनसम्म सञ्चालन हुने प्रतियोगिताको अन्तिम दिन फाइनल खेल र समापन समारोह विशेष आकर्षण हुनेछन् । विजेता टिमलाई नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।

Couple
Loading...