कैलालीमा लागूऔषधसहित चार जना पक्राउ

धनगढी- कैलालीमा लागूऔषधसहित चार जना पक्राउ परेका छन् ।

Dadeldhura hospital

धनगढी उपमहानगरपालिका–३ लक्ष्मी नर्सरी नजिकबाट गौरीगंगा नगरपालिका–४ बस्ने २६ वर्षीय बिजय नेपाली र गौरीगंगा नगरपालिका–२ बस्ने ३२ वर्षीय अभिशेक हमाल पक्राउ परेका हुन् । दुबै जनालाई ५२० मिलिग्राम लागूऔषध खैरो हेरोइन सहित प्रहरी चौकी कैलालीगाउँ र अस्थायी प्रहरी पोष्ट चटकपुर, कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ । 

godawari10 Mahila hinsa
Navadurga sun

यसैगरी जानकी गाउँपालिका–७ मोतीनगर चोक स्थित सडक खण्डबाट जोशीपुर गाउँपालिका–१ बस्ने २३ वर्षीय शिवबहादुर चौधरीले जानकी गाउँपालिका–७ बस्ने वर्ष ३३ को देसराम चौधरी लागूऔषधसहित पक्राउ परेका छन् ।

यी दुबै जनालाई लागूऔषध बिक्री बितरण गरिरहेको अवस्थामा १९० मिलिग्राम लागूऔषध खैरो हेरोइन फेला पारी इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ । शनिवार पक्राउ परेका यी चारै जना माथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Loading...