अत्तरिया- बिपद् न्यूनीकरण सूचक सम्बन्धी एक दिने प्रशिक्षण कार्यक्रम चुरे गाउँपालिका–६, धनेडीमा सफलतापूर्वक सम्पन्न भएको छ । कार्यक्रमको अध्यक्षता इलाका प्रहरी कार्यालय फल्टुडेका प्रमुख दिपक बिस्ट रहनु भएको कार्यक्रममा प्रमुख अतिथि चुरे गाउँपालिका कार्यपालिका सदस्य सरोजनी धामी बोहरा रहनु भएको थियो भने विशिष्ट अतिथिका रूपमा वडा सदस्य मानबहादुर साउद तथा दुर्गा सार्कीले सहभागिता जनाउनु भएको थियो।






प्रशिक्षण कार्यक्रममा स्थानीय समाजसेवी, बुद्धिजीवी, महिला सञ्जाल, प्रहरी प्रतिनिधि लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।





कार्यक्रमले स्थानीय तहमा बिपद् व्यवस्थापन तथा न्यूनीकरणका सूचकहरू बुझ्न र व्यवहारमा उतार्न सहभागीहरूलाई सशक्त बनाएको विश्वास लिइएको छ।




